दफा २४
मुद्दा हेर्ने अधिकारी
(१) दफा २० को उपदफा (१) बमोजिम सजाय हुने कसूर सम्बन्धीमुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
(३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।